काठमाडौं, साउन ६ – राष्ट्रिय प्रजातन्त्र पार्टीको केन्द्रीय समितिको बैठक शुक्रबार सकिँदैछ । काठमाडाैंको एक बैंक्वेटमा चलिरहेको बैठकमा पार्टीभित्रको अनसन्तुष्टि, चुनावी परिणामको मुल्यांकन र सरकारमा सहभागी हुने/नहुने लगायत विषयमा छलफल भइरहेको छ ।
गएको बुधबारदेखि सुरु भएको बैठक पशुपतिशमशेर राणा लगायत केही नेताले बहिष्कार गरेका छन् । बैठकमा राणासहित नवराज सुवेदी, हरिबहादुर बस्नेत लगायत नेता गएका छैनन । शुक्रबारको बैठकले पार्टीभित्रको विवाद मिलाउने र सरकारमा जाने विषयमा निर्णय गर्न सक्ने सम्भावना रहेको नेताहरुले बताएका छन् ।
0 comments:
Post a Comment
Note: Only a member of this blog may post a comment.