प्रहरीकै मिलेमतोमा सुन तस्करी, सशस्त्रका सईसहित तीनजना पक्राउ

काठमाडौं, साउन १७ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट पछिल्लो समय प्रहरीकै मिलेमतोमा सुन तस्करी भइरहेको खुलासा भएको छ ।

प्रहरीले सशस्त्र प्रहरीका सईसहित तीनजनालाई दुई किलो सुनसहित पक्राउ गरेपछि यो रहस्य खुलेको हो ।

विमानस्थलमा खटिएको प्रहरी टोलीले सोमबार सशस्त्रका सई सञ्जीव मानन्धरसहितलाई पक्राउ गरेको छ । मानन्धर विमानस्थलमै कार्यरत थिए ।

मलेसियन एयरलाइन्स हुँदै सिंगापुरबाट आएका नवलपरासी राकाचुलीका ३० वर्षीय लेखबहादुर रजालीले अवैध सुन ल्याएका थिए । उनीसँगै आएकी कास्कीकी पार्वती गुरुङसमेत पक्राउ परेकी छन् ।

पक्राउ परेका तीनैजनालाई थप अनुसन्धान र कारबाहीका लागि भन्सार कार्यालयमा बुझाइएको विमानस्थल प्रहरी प्रमुख डिआइजी पंकज श्रेष्ठले बताए । –नयाँ पत्रिका दैनिकबाट

Share on Google Plus

About सन्तोष सिंह

0 comments:

Post a Comment

Note: Only a member of this blog may post a comment.