भारतले श्रीलंकालाई ३०४ रनले हरायो

काठमाडौं, साउन १४ गते ।

भारतले श्रीलंकाविरुद्धको पहिलो टेष्ट ३०४ रनको फराकिलो अन्तरले जितेको छ । यससँगै ३ म्याचको सिरिजमा भारतले १ -० को अग्रता लिएको छ ।

भारतले पहिलो पारीमा ६०० रनको विशाल स्कोर बनाएको थियो र दोस्रो पारी ३ विकेटको क्षतिमा २४० रन बनाएर अन्त्य भएको घोषणा गरेको थियो ।

पाहुना टोली श्रीलंकाले पहिलो पारीमा मात्र २९१ रन बनाउन सक्यो । र, दोस्रो पारीमा ५५० रनको विशाल लक्ष्य पाएको श्रीलंकाली टोली २४५ रनमा समेटियो ।
खेलमा श्रीलंका फलोअनबाट बच्न सकेको थिएन । तर, भारतीय कप्तान विराट कोहलीले फओलन खेलाएनन् । कोहलीले दोस्रो पारीमा १०३ रन बनाए, जुन उनको १७ औं शतक हो ।

दोस्रो पारीमा श्रीलंकाली ब्याट्सयानहरु भारतीय स्पिनरसामू निरिह देखिए । उसका एम करुणरत्ने र एन दिकवेलाले एक हदसम्म संघर्ष गरे । दुबैले पाँचौं विकेटका लागि १०१ रनको साझेदारी गरे ।

आर अश्विन र रविन्द्र जडेजाले ३-३ विकेट लिए ।

Share on Google Plus

About Unknown

0 comments:

Post a Comment

Note: Only a member of this blog may post a comment.